free website hit counter

सेनिटाइजरका नाममा हातमा विष

beemaadmin
२०७७ जेष्ठ २९, बिहीबार

काठमाडौं । सबैलाई छिटै धनी हुने भूतले सताएको छ । अपराध जहाँ पनि हुन थालेको छ । मान्छेको स्वास्थ्यसँग खेलेर पैसा कमाउन खोज्ने अपराधीलाई के सजायाँ दिँदा ठिक होला ? अहिले बजारमा नक्कली सेनिटाइजरको बिगबिगी बढेको छ । अहिले बजारमा केही सेनिटाइजरमा इथानोल राख्नुको सट्टा हानिकारक मिथाइल मिसाइएको पाइएको छ । यस्तो अपराध बढेपछि प्रहरीले यस्तो सामान बरामद गर्दै नक्कली सामान उत्पादन गर्ने व्यक्तिहरुलाई पनि पक्राउ गर्न थालेको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै ह्याण्ड–वासले हात धुनु र सेनिटाइजर प्रयोग अनिवार्य जस्तै भएको मौका छोपी अपराधिक मानसिकताका केही व्यापारीले यस्तो अपराधिक धन्दा अघि बढाएका हुन् ।
विश्वमै चलेका ब्रान्डहरुको स्टिकर समेत आफैंले छपाई गरी उनीहरुले खाली बोत्तलहरुमा लेभलिङ तथा महङ्गो मुल्य राखी दुरुस्त सक्कली ब्रान्ड जस्तै बनाई बजारमा बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको छ । बरामद भएको नक्कली सेनिटाइजर हातमा लगाउना साथ चिलाउने र रातो हुने गरेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार