free website hit counter

सेबोन अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टको राजीनामा

beemaadmin
२०८३ बैशाख २५, शुक्रबार

काठमाडौं — गुणाकर भट्ट ले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिस समितिको संयोजक पदबाट राजीनामा दिएका छन्।

उनले आफ्ना नातेदारले सेबोन अध्यक्ष पदका लागि आवेदन दिएको अवस्थामा स्वार्थ बाझिन सक्ने भन्दै समितिबाट अलग हुने निर्णय गरेका हुन्।

स्रोतका अनुसार गोपाल भट्ट ले पनि सेबोन अध्यक्ष पदका लागि आवेदन दिएका छन्। गोपाल भट्ट नातामा गुणाकर भट्टका दाइ पर्ने बताइएको छ।

सरकारले वैशाख ८ गते सेबोन अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गुणाकर भट्टको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले वैशाख १५ गते सूचना प्रकाशित गर्दै ६ दिनको समयसीमा राखेर आवेदन आह्वान गरेको थियो, जसमा करिब चार दर्जन व्यक्तिले आवेदन दिएका थिए।

सम्बन्धित समाचार