free website hit counter

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

काठमाण्डौ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले तीन ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सेबोनले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । तीनवटै ब्रोकर कम्पनीलाई जरिवाना तिराएको सेबोनले जनाएको छ । सेबोनका अनुसार सिप्ला सेक्युुरिटिजलाई ५० लाख रुपैयाँ र श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना भराएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा ग्राहकको पहिचान गर्दा सहि तथा सो को सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने प्रावधान छ । तर उक्त ब्रोकर कम्पनीहरुले ग्राहकको खाता खोल्दा सो कुरा उल्लंघन गरेको पाइएको भन्दै जरिवाना तिराएको सेबोनले जनाएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार