free website hit counter

स्कटल्यान्डमा भएको आगलागीमा पोखराका दुई चेलीको मृत्यु

beemaadmin
२०८० माघ १९, शुक्रबार

काठमाडौं । पोखरा घर भई स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्‍यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्। उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीका छोरी हुन्। मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन्। एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा शिव तिवारीका अनुसार एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्। सोही घटनामा आगलागीमा परेर निस्सासिएका अन्य ५ जनालाई प्रहरीले उद्धार गरेको थियो। आगलागी कसरी शुरु भयो खुलेको छैन। तर प्रहरीले घटनालाई शंकास्पद भने मानेको छैन। पोखरा घर भएका सुवेदी परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो। उनीहरुका बुवाआमा पनि युकेमै बस्दै आएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार