free website hit counter

स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुर अध्यक्ष पोखरेल गम्भीर घाइते

beemaadmin
२०८२ बैशाख १३, शनिबार

काठमाडौं । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्। आज शनिबार बिहान ८ बजेतिर आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौँडा उपमहानगरपालिका ५ स्थित पुष्पलाल पार्कअगाडि उनी दुर्घटनामा परेका हुन्। बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ। टाउको, निधार तथा दायाँ हातमा चोट लागेका उनलाई तत्कालै उद्धारर गरी अस्पताल लगिएको डीएसपी अर्यालले बताए। अचेत अवस्थामा रहेका पोखरेलको उपचार आईसीयूमा भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार