free website hit counter

स्टार माइक्रो इन्स्योरेन्सद्वारा लामो समयदेखि बाँकी दाबी फछ्र्यौट गर्न आग्रह

beemaadmin
२०८३ भाद्र २३, मंगलवार

 

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि फछ्र्यौट हुन बाँकी रहेका बीमा दाबीका सम्बन्धित बीमित तथा दाबीकर्तालाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ।

कम्पनीले २०८३ असार मसान्तसम्म प्राप्त भएका तर लामो समयदेखि फछ्र्यौट हुन नसकेका बीमा दाबीका सम्बन्धित दाबीकर्तालाई बाँकी आवश्यक कागजात पेस गरी यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको हो।

कम्पनीका अनुसार सम्बन्धित बीमित तथा दाबीकर्ताले आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय जनकपुर, काठमाडौंको दरबारमार्गस्थित कार्यालय तथा विभिन्न शाखा र उपशाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएमा त्यस्ता दाबी फछ्र्यौट गर्न असमर्थ हुने स्पष्ट पारेको छ।

त्यसैले लामो समयदेखि दाबी फछ्र्यौट हुन बाँकी रहेका बीमित तथा दाबीकर्तालाई तोकिएको अवधिभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार