free website hit counter

स्ट्याण्डर्डको नाफामा सामान्य सुधार

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १५ लाख रुपैयाँ अर्थात ७.१२ प्रतिशत बढी हो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो।

पुस मसान्तसम्ममा ८० अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५४ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ करोड ५१ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ११ करोड ६५ लाख रुपैयाँ बढेर १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २३ करोड २२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा कायम भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ४ पैसा बढी हो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार