free website hit counter

स्वदेशी कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराउन सर्वोच्चको आदेश

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

काठमाडौं । अर्थ मन्त्रालयको आन्तरिक राजश्व विभागले अन्तशुल्क स्टिकर खरिदका लागि स्वदेशी कम्पनीहरुलाई प्रतिस्पर्धाको अवसरै नदिई खरिद प्रक्रिया अगाडि बढाएपछि सो सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सर्र्वोच्चले स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धामा सहभागी गराउनु पर्ने माग गर्दै परेको रिटमा खरिद प्रक्रिया यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको हो । मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले कात्तिक अन्तिम साता दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको थियो । अदालतले दुवै पक्षलाई छलफलमा बोलाई मुद्दाको अन्तिम टुंगो लगाउने बताइएको छ । आन्तरिक राजश्व विभागले दशैंको चहलपहलको बीच पारेर गत असोज १३ गते अन्तशुल्क स्टिकर आपूर्तिका लागि बोलपत्र प्रकाशित गरेको थियो ।

मिराज प्रिन्टिङ सोलुसन्सका सञ्चालक घिमिरे नेपालमै सुरक्षण मुद्रण उद्योगको मापदण्ड पुरा गरेका कम्पनीले काम गरिरहेको र त्यसमध्ये एउटा आफू पनि भएकाले प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने जिकिर गर्दै अदालतको ढोका ढकढक्याएका थिए । आफ्नो कम्पनीले अहिले टेलिकम कम्पनीहरुको रिचार्ज कार्ड छपाइ गरिरहेको र अन्तःशुल्क स्टिकर पनि छाप्न सक्ने योग्यता राख्ने भन्दै प्रतिस्पर्धाको अवसर दिनुपर्ने उनको तर्क थियो।
विभागले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेकाले स्वदेशी कम्पनीहरु प्रतिस्पर्धाबाटै बञ्चित हुनुपरेको भन्दै उनी यसको विरुद्धमा उभिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार