free website hit counter

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

beemaadmin
२०८३ श्रावण १४, बिहीबार

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताले डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्। नियुक्तिपछि बिहीबार बिहान उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। डा. प्याकुरेल जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव भएका विज्ञका रूपमा परिचित छन्।

Advertisement
Advertisement

अध्यक्षमा डा. सुवास प्याकुरेलको पहिलो प्राथमिकता

Advertisement
Advertisement

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष डा. सुवास प्याकुरेलले स्वास्थ्य क्षेत्रलाई बिरामी तथा नागरिक केन्द्रित बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहणपछि उनले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न नियामक निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य बीमाले त्यसका लागि महत्वपूर्ण आधारको भूमिका खेल्न सक्ने बताए।

उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम हाल करिब २ करोड ९० लाख नागरिकसम्म पुगेको देशकै महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो। सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले उक्त लक्ष्य हासिल गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताए।

‘स्वास्थ्य बीमा सुधारका लागि सरकारले ममाथि गरेको विश्वासप्रति कृतज्ञ छु। सकारात्मक सोच र सबैको सहकार्यबाट कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछौं,’ उनले भने।

डा. प्याकुरेलले स्वास्थ्य बीमा बोर्डको सफल कार्यान्वयनका लागि सरकार, सरोकारवाला निकाय तथा सबै साझेदारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए। साथै, आफूलाई अध्यक्षमा नियुक्त गर्ने प्रधानमन्त्री, स्वास्थ्य तथा खाद्य मन्त्रालय र छनोट तथा सिफारिस समितिप्रति आभार व्यक्त गर्दै स्वास्थ्य बीमा प्रणालीलाई थप विश्वासिलो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

सम्बन्धित समाचार