free website hit counter

स्वास्थ्य बिमा बोर्डको सफ्टवेयर प्रणालीबारे अन्तर्राष्ट्रिय वर्कशप सम्पन्न

beemaadmin
२०८१ माघ १२, शनिबार

काठमाडौं । नेपालको स्वास्थ्य बिमा बोर्डले प्रयोग गर्दै आइरहेको ओपन आईएमआईएस नामक सफ्टवेयरको प्रयोगबारे तीन दिने वर्कशप काठमाडौंमा आयोजना भएको छ। उक्त वर्कशपमा इथियोपिया, जाम्बिया र सेनेगलका स्वास्थ्य बिमाका प्रतिनिधीहरुले नेपालको स्वास्थ्य बिमा प्रणालीबारे चासो देखाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त वर्कशपमा सहभागी हुनका लागि आमन्त्रण गरेको थियो। इथियोपियन हेल्थ इन्सुरेन्स सर्भिस तथा सेनगेलको स्वास्थ्य बिमामा काम गर्ने निकायका ७–७ जनाको टोली वर्कशपका लागि नेपाल आएका हुन्। वर्कशपमा यूरोपियन युनियन, अन्तर्राष्ट्रिय श्रम संगठनबाट पनि प्रतिनिधी आएका थिए। जर्मन सहयोग नियोग (जीआईजेड) ले कार्यक्रमको सहजीकरण गरेको हो। स्वास्थ्य बिमा र सामाजिक सुरक्षा कोषले कसरी उक्त सफ्टवेयर चलाइरहेको भन्ने जानकारीका लागि विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएको तीन दिनको फिल्ड भिजिट पश्चात् वर्कशपको आयोजना गरिएको हो। उक्त सफ्टवेयर चलाउन सकारात्मक रहेको जाम्बियाको राष्ट्रिय स्वास्थ्य बिमा व्यवस्थापनका निर्देशक माइकल के निजापाउले बताए। गत सोमबार काठमाडौं आएका तीनै देशका स्वास्थ्य बिमा सम्बन्धी सरोकारवालाहरुले नेपालका विभिन्न स्वास्थ्य संस्थामा गएर सफ्टवेयरबारे जानकारी लिएका थिए। तीन दिने वर्कशप आज सकिएको छ। यो सफ्टवेयर प्रणाली नेपाल लगायत १६ वटा मुलुकहरुमा लागु भइरहेको स्वास्थ्य बिमाको बोर्ड आइटी विभाग प्रमुख सुरेश सिंह तिंकरी बताउँछन्। नेपालमा स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा कोषले सुरुवातदेखि नै यही सफ्टवेयर प्रयोगमा ल्याइएको छ। उक्त सफ्टवेयर १४ वर्ष अगाडि स्वीस सरकारको सहायतामा बनेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार