free website hit counter

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन ऐनमा नै परिवर्तन गरिने

beemaadmin
२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो । उनले भने, अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बीमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, सङ्गठित क्षेत्र सबैलाई बिमासँग आबद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरू थप पक्षलाई कसरी जोड्न सकिन्छ ? त्यसको निम्ति गृहकार्य भइरहेको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार