free website hit counter

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

beemaadmin
२०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

आफु कार्यकारी निर्देशक भएको जानकारी पाए पनि आधिकारीक पत्र नपाएको पौडेलले बताएका छन्। उनले भने,‘नियुक्तिबारे मिडियाबाट जानकारी पाएको छु। आधिकारीक पत्र भने पाएको छैन।

Advertisement
Advertisement

लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा दामोदर बसौला र डा कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार