free website hit counter

स्वास्थ्य बीमा बोर्डमा बसौलाले सम्हाले कार्यभार

beemaadmin
२०७७ कार्तिक २७, बिहीबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. दामोदर बसौलाले पदबहाली गरेका छन् । स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेका बसौलाले अपरान्ह स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पद बहाली गरेका हुन् ।

कार्यकारी निर्देशक डा. बसौलाले पदबहाली गर्दै सबै नेपाली जनताको मन मनमा स्वास्थ्य बीमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डा. बसौलाले स्वास्थ्य बीमाको गुणात्मक र संख्यात्मक पहुँच बृद्धि आफ्नो मुख्य लक्ष्य भएको बताए । बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेती तथा कामु कार्यकारी निर्देशक डा. राधिका थपलियाले नवनियुक्त कार्यकारी निर्देशक बसौलालाई स्वागत गरेका थिए ।

बोर्ड स्वास्थ्य मन्त्रालय मातहत रहेको जनताको स्वास्थ्य बीमा सञ्चालन गर्न नेपाल सरकारद्वारा संस्थापित संस्था हो ।

सम्बन्धित समाचार