free website hit counter

स्वास्थ्य बीमामा ‘ड्रपआउट रेसियो’ चुनौतिपूर्ण

beemaadmin
२०७६ मंसिर ८, आईतवार

भविन्द्र कार्की

कुनै समय नेपालका गाँउमा विद्युत लाईन पुग्दा पनि विजुली बाल्ने र न्यूनतम महसुल तिर्ने अरुचि देखिएको जस्तो हाल नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमालाई पनि मुलुकका कतिपय ग्रामीण भेगमा नरुचाइएको पाइएको छ ।
विरामी परेपछि मात्र अस्पताल धाउने नेपाली मानसिकता र कमजोर आर्थिक अवस्थाका कारण पनि स्वास्थ्यबीमा बापत बुझाउने रकम व्यथैमा गएको हो कि ? भन्ने गलत मानसिकताका कारण पनि स्वास्थ्य बीमा राम्रो हुँदाहुँदै पनि त्यसलाई विशेषगरी स्वास्थ्यबीमा लागू भएका मुलुकका ग्रामीण भेगहरुमा आकर्षित बनाउन सकिएको पाइदैन । मुलुकका दुर्गम भेगमा स्वास्थ्य बीमा पुग्न सकेको छैन भने धेरै रुची भएको र धेरै जनतालाई समेटन सक्ने काठमाडौँमा पनि त्यसको प्रभाव देखिन बाँकी नै छ ।

नेपाल सरकारले मुलुकको ७७ वटै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्ने रणनीति लिदै राम्रो कार्यको थालनी गरेको भए तापनि त्यसका बाधा अडचन भने देखिन थालेको छ । हाल लागू भएका जिल्लाहरुमा स्वास्थ्यबीमा नविकरणमा ‘ड्रपआउट रेसियो’ करिब २२ प्रतिशतले रुचि नदेखाएको बताइएको छ । यसले पनि थप ठाउँमा स्वास्थ्य बीमा पु¥याउने सरकारी अभियानका साथै हाल स्वास्थ्य बीमा गरिएका क्षेत्रका जनतालाई पनि त्यसको महत्व र औचित्य पुष्टि गर्दै थप चेतनामूलक कार्यक्रम ल्याउनु जरुरी देखिएको छ ।

मुलुकका सबै भागमा स्वास्थ्य सेवाको पहुँच नहुनले पनि स्वास्थ्य बीमा ‘ड्रपआउट रेसियो’मा फरक परेको देखिएको छ । स्वास्थ्यबीमा लागू भएका मुलकका दुर्गम भेगका जिल्लाहरुको स्वास्थ्य चौकीमा सेवा सुविधाको कमीका कारण विरामी हुँदा राम्रो स्तरको उपचार हुन नसक्ने अनि निजी अस्पतालमा उपचार गराउदा बीमा दावी गर्न गा¥हो पर्ने कारणले पनि ‘ड्रपआउट रेसियो’मा बढोत्तरी भएको हुनसक्ने विज्ञहरुको दावी छ । सरकारले सुरु गरेको स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन र ‘ड्रपआउट रेसियो’ कम गर्नका लागि मुलुकभरका स्वास्थ्य सस्थाहरुको स्तरोन्नति गर्नुको विकल्प देखिदैन ।

काठमाडौँ जस्ता एकै पटक धेरैले स्वास्थ्य बीमा गर्न सक्ने र सरकारी अस्पतालको सेवा सुविधा पनि उच्च रहेको ठाउँमा भने चाहेर पनि स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न सकिएको छैन । सरकारी स्वास्थ्य बीमामा ‘ड्रपआउट रेसियो’ को अवस्था हेर्दा लागू भएका जिल्लाका सुगम र राम्रो स्वास्थ्य सेवा भएका अस्पताल नजिक रहेका जनताले बीमा नविकरण नै गरेको पाइएको छ भने सेवा लिन गा¥हो र दुर्गम भेगका जनताको भने खासै रुचि देखिएको छैन । कमजोर आर्थिक अवस्था ‘ड्रपआउट रेसियो’ को अर्को कारण बनेको छ । बर्षभरिमा सामान्य विरामी मात्र हुने अवस्थाले गर्दा एक बर्षमात्र कुनै सेवा लिन नपाउँदा पनि पैसा बेकारमा खर्च भयो भन्ने मानसिकता पनि ‘ड्रपआउट रेसियो’को बाधक बनेको छ । त्यसका लागि स्वास्थ्य बीमा लागू भएका क्षेत्रका एक पटक बीमा गराएर मात्र नपुग्ने त्यसको फाइदाका बारेमा जनतालाई बारम्बार बुझाउन सक्नुपर्ने चुनौति पनि थपिएको छ ।

सरकारले स्वास्थ्य बीमा लागू गरेको मुलुकका सहरी क्षेत्रहरु पाल्पा, चितवन, झापा, जस्ता क्षेत्रका जनता बढी चेतनशिल, आर्थिक रुपले सम्पन्न र त्यस्ता क्षेत्रमा सरकारी स्वास्थ्य सेवाको स्तर समेत राम्रो भएकोले ‘ड्रपआउट रेसियो’ निकै कम पाइएको छ भने त्यस्ता क्षेत्रहरुमा बीमा दावी पनि उच्च मात्रामा परेको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार