free website hit counter

स्वास्थ्यकर्मीको ५० लाखको बीमा गरिदिन माग

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

वीरगञ्ज । आफ्नो ज्यान जोखिममा राखेर विरामीको उपचार गर्ने चिकित्सकहरुको जीवनको सुरक्षाका लागि सरकारले सकेजति सबै प्रयास गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा कार्यरत सबैको सुरक्षाका लागि आवश्यक हुन दिन हुँदैन । यही बेला
प्रतिनिधिसभाका सांसद प्रदीप यादवले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न माग गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले कोरोना भाइरसविरुद्ध दिन रात नभनी काममा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकलाई सुरक्षित महसुस गराउन सरकारसँग माग गरेका छन् । सबै स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको सुरक्षित पहिरन उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
यादवले विज्ञप्तीमार्फत् महामारीले गर्दा विश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदनशील घडीमा आम मानिसको स्वास्थ्यका लागि देशभरमा खटिँदै आएका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको सवालमा संघीय सरकार, प्रदेश नं २ सरकार, स्थानीय सरकार र सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् । त्यसैगरी, उनले सरकारलाई शहरका ठूला अस्पतालदेखि गाउँघरका स्वास्थ्य संस्थासम्ममा मास्क, सेनिटाइजर र सुरक्षित पोषाक उपलब्ध गराउन आग्रह गरेका छन् । समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संसाद यादवले यो महामारीमा कार्यक्षेत्रमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि अप्रिय व्यवहार गर्ने व्यक्तिलाई दण्डित गर्नसमेत उनले माग गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार