free website hit counter

स्वास्थ्यशाखा प्रमुखले किन फाले ज्यान

beemaadmin
२०७७ जेष्ठ २७, मंगलवार

स्याङ्जा । कोरोना संक्रमणले धेरे मानिसलाई आतंकित मात्रै बनाएको छैन धेरै मानिस डिप्रेसनमा पनि परेका छन् । त्यसैले कोरोनाका कारण मर्नेको संख्या १४ पुग्दा जीवनदेखि दिक्क लागेर जीवन त्याग गर्नेको सुंख्या सयौं पुगिसकेको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक गल्याङ नगरपालिका २, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार