free website hit counter

हिमालय क्यापिटल लिमिटेड सञ्चालनमा

beemaadmin
२०७६ कार्तिक १६, शनिबार

काठमाडौं । हिमालयन बैंकले आफ्नो सहायक कम्पनी हिमालय क्यापिटल लिमिटेडको शुरुवात गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले आफ्नो पूर्ण स्वामित्वको कम्पनी हिमालयन क्यापिटल लिमिटेडको सुरुवात गरेको हो ।
क्यापिटल लिमिटेडको उद्घाटन घोषणा गर्दै बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले हिमालयन क्यापिटलको मुख्य उद्देश्य ग्राहकहरुका लागि मर्चेन्ट बैंकिङ्ग तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै नेपालको सेयर बजारको गति अझ माथि उठाउने बताए ।
मर्चेन्ट बैंकिङ्ग कारोबार अन्तर्गत हिमालय क्यापिटल लिमिटेडले धितोपत्र निष्कासन, सेयर रजिष्ट्रार, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा र डीपी सेवा प्रदान गर्नेछ । यसै अवसरमा बैंकले नेपाली पुँजी बजारमा आएको सकारात्मक परिवर्तन र बजारको दायरामा आएको वृद्धिलाई समेत आत्मसाथ गर्दै ग्राहकको सेवामा कम्पनी पूर्ण रुपमा समर्पित हुने बताएको छ ।
हालैमात्र सञ्चालनमा आएको हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिमा, हिमालय बैंक लिमिटेडको तर्फबाट अध्यक्ष सुशील जोशी, सञ्चालकहरुमा सुनिल गोर्खाली र सतिशराज जोशीलाई चुनेको छ । क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा भने बैंकले परमेश्वर पन्तलाई जिम्बेवारी दिएको छ । क्यापिटल लिमिटेडको चुक्ता पुँजी २० करोड रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार