free website hit counter

हिमालयन बैंकको अध्यक्ष तुलसीप्रसाद

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौँ । तुलसीप्रसाद गौतम हिमालयन बैंकको अध्यक्षमा चयन भएका छन् । बैंकको बुधबार सम्पन्न साधारणसभाबाट गौतम अध्यक्षमा चयन भएका हुन् । कर्मचारी सञ्चय कोषका प्रशासक रही कार्य गरेका गौतम आएसँगै विगत १६ वर्षदेखि लगातार अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ नेतृत्वबाट बाहिरिएका छन् ।
बैंकको संचालक समितिमा गौतमसहित प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, सुनिलबहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका छन् । सुनील थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । ती मध्यबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैबीच साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार