free website hit counter

हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा

beemaadmin
२०८२ जेष्ठ २६, सोमबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरी अबदेखि ‘ठमेल शाखा’को रूपमा सेवा प्रदान गर्न थालेको छ। काठमाडौं महानगरपालिका–२७, ठमेलस्थित संचय कोष भवनबाट नयाँ शाखाले आजदेखि सम्पूर्ण बैंकिङ सेवा सुरु गरेको हो। शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ अधिकारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरे । हिमालयन बैंकले नयाँ स्थानबाट सेवा विस्तार गरी ग्राहकलाई अझ सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

सम्बन्धित समाचार