free website hit counter

हिमालयन बैंकले ५ सञ्चालक थप्ने

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौ । हिमालयन बैंकले २७औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गर्दै बैंकभित्रको लामो विवाद हटाएर ३० दिनभित्र सञ्चालक समिति सदस्य निर्वाचनबाट चयन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको सोही निर्देशन बमोजिम बैंकले वार्षिक साधारणसभाको आह्वान गरिसकेको छ । लाभांश अनुमोदन र ५ सञ्चालकहरूको निर्वाचन गर्ने एजेण्डा सहित साधारण सभा आह्वान गरेको हो । बैंकले माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । सो साधारणसभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, संस्थापक शेयरधनीहरूको तर्फबाट ५ जना सञ्चालकहरूको निर्वाचन गर्ने, बैंकको अधिकृत पूँजी वृद्धिगरी १२ अर्ब गर्ने बताइएको छ । यसैगरी स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी गराउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार