free website hit counter

हिमालयन रिले कमायो २८ करोड नजिक नाफा

beemaadmin
२०७९ भाद्र २८, मंगलवार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले असार मसान्तसम्ममा २७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको असारसम्ममा ७७ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यस्तै, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड ३७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीले ३ करोड ३७ लाख ३९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १६ करोड १३ हजार रुपैयाँ पुनर्बीमा कमिशन वापत खर्च गरेको छ । यस्तै १२ करोड ८३ लाख रुपैयाँ व्यवस्थापन वापत खर्च भएको छ । चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ, बीमा कोषमा १४ लाख ८१ हजार रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ४३ लाख ७० हजार रुपैयाँ सञ्चित छ ।

सम्बन्धित समाचार