free website hit counter

हिमालयन लाइफको कुल व्यापार १३ अर्ब नाघ्यो

beemaadmin
२०८३ बैशाख २७, आईतवार

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि नाफामा उल्लेख्य गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको हो।

Advertisement
Advertisement

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ रहेको थियो। यसरी कम्पनीको जीवन बीमा कोष १६.७१ प्रतिशतले वृद्धि भएको देखिन्छ।

Advertisement
Advertisement

चैत मसान्तसम्म कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ थियो। कुल बीमाशुल्क आर्जन ६.१८ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेर १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा खुद बीमाशुल्क आर्जन १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको थियो।

अन्य वित्तीय अवस्था

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यद्यपि, अन्य इक्विटी भने १ अर्ब ४२ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) घटेर ३ रुपैयाँ ८१ पैसा कायम भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ रुपैयाँ ८९ पैसा थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ४५ पैसा रहेको छ।

सम्बन्धित समाचार