free website hit counter

हिमालयन लाइफबाट व्यक्तिगत दुर्घटना लाभ बीमा दाबी भुक्तानी

beemaadmin
२०८१ जेष्ठ २३, बुधबार

काठमाडाैं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मोरङ पथरी शाखाबाट व्यक्तिगत दुर्घटना लाभ (PAB) वापतको दाबी भुक्तानी गरेको छ । हाल मोरङ को पथरीशनिश्चरे नगरपालिका २ मा बसोबास गर्दै आएका शरण बहादुर तामाङ ले ५ महिना अगाडि मात्रै एजेन्सी फुरुमाया तामाङसँग बिमा गर्नुभएको थियो । उहाँ सिटी सफारी चालक हुनुहुन्छ उहाँको सफारी पल्टिएर एक यात्रीको हात समेत पुर्ण रुपले चुटीएको थियो र उहालाई समेत टाउकोमा गम्भिर चोट लागेकोले बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार गराउनुभएको थियो । उपचार गराउँदा लागेको सम्पुर्ण खर्च हिमालयन लाइफको थप करार अन्तर्गत ब्याक्तिगत दुर्घटना बीमालेख को ऐच्छिक सुबिधा (PAB) भुक्तानी गरीएको हो । उहाको उपचार गर्दा लागेको खर्च ४२६९५ मा सम्पुर्ण खर्च पथरी शाखाबाट कम्पनिका प्रदेश उपप्रमुख भोला कृष्ण मिश्र शाखा प्रमुख प्रेम बोहोरा MDRT फुरुमाया तामङ मनोज पिठाकोटे मगर , टङ्क प्रधान , तिलबहादुर धिमाल लगाएत अन्य एजेन्सी सहित उहाको घरमा गएर सम्बन्धित ब्याक्तिलाई बिमा दावी बापतको चेक हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा प्रदेश उपप्रमुखले मानिस जन्मनुभन्दा ९ महिना अगाडी थाहा हुने तर मृत्यू ९ मिनेट पछाडी हुदैछ भने पनि कसैलाई थाहा नहुने हुदा घरपरिवार लाई आर्थिक रुपमा ठुलो क्षेती हुने हुदा बिमा सबैका लागी अनिवार्य छ भन्दै सबैलाई बिमा गर्न आग्रह गर्नु भयो भने पथरी शाखा प्रमुख प्रेम बहादुर बोहोराले बिमा शुख र दुख दुबै को साथी हो उहालाई केहिदिन अगाडी दुर्घटना मा परेर शारीरिक तथा आर्थिक क्षेती भएर दुख भयो त्यो आर्थीक रुपमा भएको क्षेतीबाट बचाउन आज हामी भएको खर्च भुक्तानी गर्न आएका छौ। यदी केहि नभएको भए आज थोरै थोरै रमम जम्म गर्नुहुदैछ बुढेस्काल मा एकमुस्ट रकम लिएर आनन्दले रिटायर जिवन बिताउन सक्नुहुन्छ त्यसैले दुख पर्दा पनि बिमाले साथ दिन्छ सुखी जिवन को परिकल्पना गरेर सपना साहाकार पर्न पनि बिमाले साथ दिन्छ जिवन रहदा पनि नरहदा पनि बिमाले साथ दिनेहुदा बिमा सबैका लागी अनिवार्य रहेको ले सबैले आफ्नु क्षमता अनुसार जीवन बीमा गरि आफु र आफ्नो सन्तानको भविष्यमा हुन सक्ने क्षतिबाट बच्नु र बचाउनु पर्ने बताए । भने स्थानिय बासी ले पनि गाउमा आएर यसरी भुक्तानी गर्दा बिमाको महत्व ग्रामीण क्षेत्रमा समेत सबैले बुझ्ने भएको ले हिमालयन लाइफ इन्स्योरेन्स लाई धन्यबाद समेत ब्याक्त गरे ।

सम्बन्धित समाचार