free website hit counter

१० महिनामा ४ अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको जनाएको छ।

कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको ‘जेनजी आन्दोलन’का क्रममा देशका विभिन्न क्षेत्रमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्रै २ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी गरिएको हो।

Advertisement
Advertisement

त्यसैगरी, जेनजी आन्दोलनबाहेक अन्य विभिन्न घटनाबाट आएका दाबीहरूमा पनि कम्पनीले २ अर्ब ८ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको जानकारी दिएको छ।

Advertisement
Advertisement

चालु आवको पहिलो १० महिनामा कम्पनीमा कुल १४ हजार ७५६ वटा दाबी दर्ता भएका छन्। तीमध्ये १३ हजार ५०८ वटा दाबी फर्छ्योट भइसकेको कम्पनीले जनाएको छ। साथै, गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीमा समेत सबैभन्दा बढी भुक्तानी गरेको दाबी कम्पनीले गरेको छ।

कम्पनीले देशभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत बीमित सम्पत्तिको दाबी छिटो फर्छ्योट गर्दै बीमितहरूको संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। बाँकी दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन आवश्यक कागजात समयमै उपलब्ध गराउन पनि दावीकर्ताहरूलाई आग्रह गरिएको छ।

सम्बन्धित समाचार