free website hit counter

१३ वर्षीया सुत्केरीलाई गाउँ छिर्ने बाँटो छेकियो

beemaadmin
२०७७ असार ३, बुधबार

लमजुङ । ६ दिन अस्पताल बसेर फर्किएकी एक १३ वर्षीया सुत्केरी बालिकाले गाउँ प्रवेश गर्न पाएकी छैनन् । जबर्जस्ती करणीमा परेर आमा बनेकी ती किशोरीलाई गाउँलेले गाउँ छिर्नै नदिएपछि यस्तो अवस्था आएको हो । बेसीसहर नगरपालिकाकी ती बालिकाले चितवनको भरतपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माएकी हुन् । सानो उमेरका कारण लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट उनलाई भरतपुर पठाइएको थियो । ६ दिन अस्पताल बसेर फर्केकी उनलाई परिवार र गाउँलेले इज्जत नरहने भन्दै नआउन दबाब दिएपछि बेंसीसहरमा डेरा लिएर बस्न बाध्य भएकी छन् । यसै वर्ष मात्र कक्षा ८ उत्तीर्ण गरेकी बालिकाले छोरी जन्माएकी हुन् । बालिकाकी आमाका अनुसार छोरीको पेट ठूलो हुँदै गएपछि वैशाख दोस्रो साता लमजुङ सामुदायिक अस्पतालमा परीक्षणका लागि आउँदा गर्भ रहेको थाहा भएको हो । त्यतिबेला असार ४ मा सुत्केरी हुने मिति तोकिए पनि २÷४ दिन अगाडि अस्पताल आउन भनिएको थियो । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य राम्रै भए पनि चिकित्सकलाई थप परीक्षण गराउन भने बाँकी रहेको उनीहरुले बताएका छन् । बेसीसहर नगरपालिका, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र मानवअधिकारवादी संस्था ‘इन्सेक’ का लमजुङका प्रतिनिधि दलबहादुर मजाकोटीको सहयोगमा बालिका, उनकी छोरी र आमा तीनै जना अहिले बेसीसहरमा डेरा गरी राखिएको छ ।
१३ वर्षको उमेरमा आमा बनेकी ती बालिकाले गाउँकै एक आफन्त नाता पर्ने युवकविरुद्ध प्रहरीमा उजुरी परेको छ । जबर्जस्ती करणी ऐनअन्तर्गत उजुरी दिएपछि प्रहरीले आरोप लगाइएका युवकलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार