free website hit counter

१५ प्रतिशतसम्म बढ्यो सार्वजनिक यातायातको भाडा (कहाँकाे कति पुग्याे भाडा ?)

beemaadmin
२०७८ चैत्र २१, सोमबार

काठमाण्डौ । सरकारले चैत २० गतेदेखि लागू हुने गरी लामा दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म बढाएको छ। पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक यातायातको भाडा बढाउने निर्णय भएको हो। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्म भाडा बढाएको छ।
अब संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सार्वजनिक यातायातको भाडा बढाउन पाउनेछन्। विभागले अब गाडीका पार्टपुर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन गरिने निर्णय पनि गरेको छ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो। तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरेको छ। डिजल–पेट्रोलको मूल्यवृद्धिपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए।

यस्ताे छ नयाँ  भाडा दर

सम्बन्धित समाचार