free website hit counter

२१ वटा बीमकको अझै पुगेन चुक्ता पुँजी, जीवनतर्फ ११, निर्जिवनतर्फ १०

beemaadmin
२०८० श्रावण २६, शुक्रबार

काठमाडौं । मर्जरमा नगई बसेका बीमकहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्न दिने तयारी थालेको छ । निर्धारित समयमा आफ्नो निर्देशन अनुसार पूँजी पुर्याउन नसकेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न दिन प्राधिकरण केही खुकुलो भएको हो ।
न्युनतम पूँजी पुर्याउन अब अन्तिम विकल्पको रुपमा प्राधिकरणले हकप्रदलाई लिएको छ । मर्जरमा गएर पनि चुक्ता पुँजी नपुगेका कम्पनीहरूलाई ३० प्रतिशतसम्म हकप्रद निष्काशन गर्न दिने तयारी प्राधिकरणले गरिरहेको छ । त्यति गर्दा पनि न्युनतम पूँजी कायम गर्न नसके कम्पनीहरुले शेयरधनीहरुलाई आफ्नो क्षमता अनुसारको बोनस शेयर वितरण गरेर पूँजी पुर्याउनेछन् ।
प्राधिकरणको निर्देशन अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने थियो । तर प्राधिकरणले तोकेको समय सीमा सकिसक्दा पनि अधिकाँश जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी कायम गर्न नसकेका हुन् । बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार सात वटा बीमा कम्पनीहरुले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । तीन वटा जीवन बीमा कम्पनी र चार वटा निर्जीवन बीमा कम्पनी गरी सात वटा कम्पनीले मात्रै न्युनतम चुक्ता पूँजी पुयाएउन सफल भएका हुन् ।
जीवन बीमा तर्फ चुक्ता पूँजी पुर्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । यस्तै निर्जीवन बीमा तर्फ आइजीआई प्रडेन्सिलय इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याएका छन् । त्यस अनुसार अझै ११ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणले मर्जर पश्चात बनेका बीमा कम्पनीहरुले लागि ३० देखि ३५ प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गर्न दिने तयारी गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार