free website hit counter

२४ घण्टामै गयो ३७ सय १५ जनाको ज्यान

beemaadmin
२०७६ चैत्र १८, मंगलवार

एजेन्सी । विज्ञानलाई चुनौती दिँदै विश्वभर आतंक फैलाइरहेको कोरोना संक्रमणका कारण आज विश्व समुदाय स्तब्ध छ । मानिसको मृत्यु रोक्न विज्ञानले गरेको प्रयास सफल हुन सकिरहेको छैन । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ । विश्वका १९९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ३५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ५ लाख ८१ हजार ५ सय ६६ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये २९ हजार ५ सय ९७ को अवस्था गम्भीर छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ । २४ घण्टामा थप १९ हजार ९ सय ८८ लाई संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । जहाँ ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।
त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार