free website hit counter

२८ करोड काण्डले तीन कम्पनीको मर्जर प्रक्रिया अन्योलमा

beemaadmin
२०७९ कार्तिक २, बुधबार

काठमाडौं । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन एकसाथ मर्जरको तयारीमा रहेका तीन वटा कम्पनी एउटा काण्डका कारण अन्योलमा परेका छन् । दुई जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा भएको २८ करोड रुपियाँ गोलमालले गर्दा मर्जर प्रक्रियामा बाधा पर्ने देखिएको छ । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्ससँग एकै साथ मर्जरमा जान लागेको गुराँस लाइफले गत आर्थिक वर्षको वित्तीय विवरणमा २८ करोड रुपियाँ गडबढ भएको हिसाब किताब पेश गरेको बीमा समितिले फेला पारेको थियो । गुराँस लाइफले गत साउनमा बीमा समितिलाई वित्तीय विवरण पेश गर्यो जसमा २८ करोड रुपियाँ गोलमाल थियो । बीमा समितिले हतारमा गलत वित्तीय विवरण स्वीकृत हुन पुगेको भन्दै सार्वजनिक प्रतिक्रिया दिए पनि कारवाहीको प्रक्रिया भने अगाडि बढाएको थिएन । नक्कली वित्तीय विवरण पेश गर्ने विषयमा कम्पनीका उच्च व्यवस्थापकहरुबीच नै विवाद भएपछि कम्पनीको काम नै केही दिन प्रभावितसमेत भएको थियो ।

सम्बन्धित समाचार