free website hit counter

२९ प्रतिशत लाभांश वितरण गर्दै शिवम सिमेन्ट्स

beemaadmin
२०७८ आश्विन २४, आईतवार

काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न शिवम सिमेन्टसले साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक १६ गते मंगलबार, होटल सोल्टी काठमाडौंमा विहान १० बजे छैठौं वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी कम्पनीको चुक्ता पूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तय संस्थाहरुबाट था कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ। कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागि हुन इच्छुक शेयरधनीहरुलाई कम्पनीले भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार