free website hit counter

२९०९ जना नयाँ संक्रिमत थपिँदा ४५०० ले जिते कोरोना

beemaadmin
२०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ। आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।

४५०० जनाले जिते कोरोना
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०९ जनालाई कोरोना पुष्टि भएको हो । हाल आइसोलेसनमा ३४ हजार ९०५ संक्रमित छन् भने १ हजार २५४ जना क्वारेन्टिनमा छन् । यो सँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । जसमध्ये १ लाख ५२ हजार ९०८ जना निको भएका छन् । यसैबीच २४ घण्टामा ४५०० जना कोरोनामुक्त भएका छन् । यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०७० पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार