free website hit counter

३०६५ कोरोना बीमा दावी भुक्तानी पेन्डिङमा

beemaadmin
२०७७ आश्विन ६, मंगलवार

काठमाडौं । कोरोना बीमा दाबी भुक्तानीमा देखिएको प्रक्रियागत झन्झटका कारण ढिलाई हुँदा यसले सिंगो बीमा क्षेत्रप्रति आम नागरिकको विश्वास टुट्ने सम्भावना बढाएको छ ।

पीसीआर पोजेटिभ देखिनेबित्तिकै दाबी भुक्तानी गरिने भनेर प्रचार गरिएको कोभिड १९ बीमा लेखकको दाबी भुक्तानी त्यति सहज नभएको गुनासो बढ्न थालेको छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार निर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गरिसक्नुपर्ने छ । आवश्यक कागजातसहित दावी पेश भएको हप्तौंसम्म पनि बीमा कम्पनीहरुले दावी भुक्तानी नदिएको गुनासो बढेर गएको छ । अहिले ३ हजार ६५ वटा कोरोना बीमाको दावी भुक्तानी पेन्डिङमा रहेको बताइन्छ ।

Advertisement
Advertisement

हालसम्म ५७७ वटाको मात्रै दावी भुक्तानी भएको छ । कूल दावी परेको संख्या ३ हजार ६४२ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीमा कूल पेन्डिङ हुने दावीको संख्या ९०० छ । कम्पनीका अनुसार हालसम्म जम्मा १२ जनाको मात्रै दावी भुक्तानी गरिएको छ । हालसम्म्म २९ करोड २७ लाख रुपैयाँ दावी भुक्तानी बाँकी छ ।

Advertisement
Advertisement

कोरोना बीमाको दावी भुक्तानीको लागि सबै कम्पनीहरुले बीमा पुलमा बीमितको विवरण पठाई पुलबाट प्रमाणित भएपछि मात्रै दावी भुक्तानी दिने गरिएको तर बीमा पुलले प्रमाणित गर्न ढिलाई गरेको गुनासो कम्पनीहरुले गरेका छन् । कोरोना बीमा पुल व्यवस्थापक कम्पनी भने शिखर इन्योरेन्स रहेको छ ।

अहिलेसम्म कोभिड १९ बीमालेख बिक्रीबाट कूल बीमा शुल्क ७७ करोड ९३ लाख ७ हजार संकलन भएको छ । सो मध्ये ७२ करोड रुपैयाँ बीमा पुलमा बचत छ ।

सम्बन्धित समाचार