free website hit counter

४ घण्टा कुरा गरेर बलात्कारीलाई आममाफी

beemaadmin
२०७७ पुष २३, बिहीबार

एजेन्सी । एउटा बलात्कारीलाई कसैले अगाडि भेट्यो भने उसले के गर्छ होला ? कल्पना गर्न सकिँदैन । र यौन हिंसाको शिकार भएकी २५ वर्षकी एक युवतीले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई माफी दिएर अहिले दुर्व्यवहार र यौन हिंसा पीडितलाई सहयोग गरिरहेकी छिन् । क्यानडाको ओन्टारियोकी मार्ली लिसका अनुसार उनी अपराधीलाई सजाय दिलाउने भन्दा पीडितको घाउ निको पार्ने र उनीहरुलाई नयाँ जीवन जिउन सघाउने कुरामा जोड दिन्छिन् ।

स्थानीय मिडिया रिपोर्टअनुसार मार्लीले २०१९ मा आफूलाई बलात्कार गर्ने व्यक्तिको करिब ४ घण्टा सामना गरेकी थिइन् । उनले बलात्कारीलाई माफी दिएकी थिइन् । त्यहाँको नियमअनुसार यसरी माफी दिने प्रक्रियालाई रेस्टोरेटिभ जस्टिस प्रोसेस भनिन्छ ।

मार्लीले तीतो अतित बिर्सिएर अगाडि बढ्नु जरुरी भएकोले बलात्कारीलाई माफी दिएको बताएकी थिइन् । उनले त्यतिबेलादेखि नै यौन हिंसाको शिकार भएका महिलाहरुलाई सहयोग गर्दै आएकी छिन् । सीटिभीन्यूजसँग टेलिफोन कुराकानीमा उनले भनिन् ‘मैले अहिलेसम्म करिब ४० महिलाको साथमा काम गर्ने सौभाग्य पाएकी छु । हिंसापीडित महिलासँग हामीले उनीहरुको उपचार, लज्जाबोध, आफ्नो शरीरलाई माया गर्ने र पितृसत्तात्मक व्यवस्थालाई उजागर गर्नेजस्ता काम गर्छौं ।’

मार्लीले अदालतको प्रक्रिया हिंसाजत्तिकै पीडादायी हुने बताउँदै वकिलले दोषीको पक्षमा वकालत गर्दा आफूलाई हिंसा पीडित भएको महसुस हुने बताइन् । मार्लीका अनुसार उनी केवल यत्ति जान्न चाहन्थिन् कि बलात्कारीले उनीसँग यस्तो किन गरे रु दोषीले अहिले के गरिरहेका छन् भन्ने जान्न पाउने अधिकार उनीसँग भएको भए पनि उनी यो जान्न चाहन्निन् । दोषीको बारेमा सोच्दा पुरानो घाउ ताजा हुने भएकोले आफूले जान्न नचाहेको उनले बताइन् ।

सम्बन्धित समाचार