free website hit counter

४९ जिल्लाका गरिब परिवार खोज्दै सरकार

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको गरिब पहिचान शाखाले गरिब पहिचान गर्ने कार्यलाई अगाडि बढाएको छ । गत आर्थिक वर्षमा २६ जिल्लामा गरिब पहिचान गरेर करिब ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । चालू आर्थिक वर्षमा २३ वटा जिल्लामा गरिब पहिचान गर्ने कार्यलाई अगाडि बढाइएको छ । खोटाङ, भोजपुर, सिराहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली गरी २६ जिल्लामा गरिब पहिचान गर्ने कार्य सम्पन्न भइसकेको छ ।

ती जिल्लामा गरिब विवरणअनुसार अति गरिब १ लाख ८८ हजार २ सय २३ परिवार, मध्यम गरिब १ लाख १९ हजार ७ सय ५४ परिवार, सामान्य गरिब ८३ हजार ८ सय ४५ परिवार गरी जम्मा ३ लाख ८१ हजार ८ सय ३१ परिवार रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । सो शाखाका उपसचिव (तथ्यांक) झविन्द्रप्रसाद पाण्डेयकाअनुसार प्रतिमहिना अधिकतम १९ हजार २ सय कुल परिवारको आम्दानी हुने परिवारलाई अति गरिबको सूचिमा राखिएको हो । सूचिमा परेकाहरुलाई गरिब पहिचान परिचयपत्र वितरण गर्ने कार्य भएको थियो ।

चालू आर्थिक वर्षमा २३ वटा जिल्लामा यो कार्यक्रम शुरु गरिएको छ । ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु लगायत २३ जिल्लामा कार्यक्रम लागू गरिएको र यसका लागि छुट्टै निर्देशिका र मापदण्ड बनाएर सम्बन्धित स्थानीय तहमार्फत् तथ्यांक संकलन गर्ने काम भइरहेको छ । पाण्डेकाअनुसार, पहाडी जिल्लामा १२ सय घर परिवाका लागि १ गणक, १० जनासम्म गणक रहेको स्थानमा १ सुपरिवेक्षक र सोभन्दा भन्दा बढी गणक रहेको स्थानमा २ सुपरिवेक्षक नियुक्त गर्नका लागि मन्त्रालयले आवश्यक कार्यविधि बनाएर कार्यक्रम लागू भएका सम्बन्धित स्थानीय तहमा पठाइसकिएको र स्थानीय तहले गणक र सुपरिवेक्षकको नियुक्ति गरी तथ्यांक संकलन गर्ने काम १२ जिल्लामा सकिन लागेको र बाँकी जिल्लामा पनि धमाधम काम भइरहेको बताइएको छ ।

करिब ५ महिना गणक र सुपरिवेक्षकलेसंकलन गरेको इलेक्ट्रोनिक तथ्यांक स्थानीय तहहुँदै केन्द्रमा पठाउने र केन्द्रको प्राविधिक समितिले तथ्यांकलाई प्रशोधन गरी अति गरिब, मध्यम गरिब, सामान्य गरिब परिवारको विवरण पहिचान गरी निर्णयका लागि मन्त्रालयका सचिवको नेतृत्वमा रहेको निर्देषक समितिमा निर्णयका लागि पठाइने प्रचलन रहेको छ । उक्त निर्देशक समितिमा तथ्यांक विज्ञ लगायत अन्य सरोकारवालाहरुको प्रतिनिधित्व रहेन व्यवस्था छ ।

उक्त निर्देशक समितिले निर्णय गरेपछि गरिब परिवारको अन्तिम पहिचान हुने र परिचयपत्र वितरणका लागि सम्बन्धित स्थानीय तहमा डाटा पठाइने व्यवस्था छ । यस कार्यक्रममा देशभित्र रहेका नेपालीहरुलाई मात्रै समेटिँदै आएको गरिब पहिचापत्र पाएपछि पत्रवाहकले निःशुल्क स्वास्थ्य बीमा, छात्रवृत्तिलगायतका सुविधा पाउने बताइएको छ । राज्यबाट प्राप्त हुने अन्य सुविधाहरु थप गर्न सकेमा यस कार्यक्रमको महत्व बढ्ने बताइन्छ । परिचयपत्र मात्रै पाइने तर सेवा अत्यन्त न्यून भएपछि गरिब परिचयपत्र लिने परिवारको आकर्षण बढ्न नसकेको स्वीकार गर्नुहुन्छ उपसचिव पाण्डेय । बाँकी २८ जिल्लामा आगामी आर्थिक वर्षबाट उक्त कार्यक्रम सञ्चालन गरेपछि ७७ वटै जिल्लामा यो कार्यक्रम सम्पन्न हुनेछ । मन्त्रालयले गरेको यो कार्यक्रममा जनगणनालाई समेट्न सके आर्थिक समयका हिसावले राज्यको ठूलो रकम बचन हुने बताइन्छ । २३ जिल्लामा कार्यक्रम सञ्चालनका लागि ६४ करोड विनियोजन गरिएको छ । गरिब पहिचान तथा परिचयपत्र पव्यवस्थापन बोर्ड २०७३ साउनमा खारेज भएसँगै सो सम्बन्धी कार्य मन्त्रालयले गर्दै आएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार