काठमाडौं । बीमा बचत मात्रै होइन जोखिम हस्तान्तरण पनि हो । पछिल्लो समय बीमा पोलिसी उपहार दिने र वर्षौसम्म सम्झना दिलाउने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् । यसैबीच मेलुङ २ दोलखाका पुष्कर बहादुर कार्कीले आफ्नो श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो जीवन संगिनीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० लाखको जीवन बीमा पोलिसी दिएका हुन् । कार्कीले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचतको नियम, भित्र भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो र बीमा वचतले मात्र ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको हो ।