free website hit counter

७२ घण्टाभित्र १५० जनाको गोली हानी हत्या

beemaadmin
२०७८ असार २८, सोमबार

एजेन्सी । सुरक्षाका लागि भन्दै मुलुकले हतियार राख्न दिने कानुनी व्यवस्थाका कारण बेला बेला ठूला अपराधका घटना हुने गरेका छन् । अमेरिकामा गएको शुक्रबारदेखि आइतबारसम्मको सप्ताहान्तमा ७२ घण्टाभित्र कम्तीमा १ सय ५० जना मानिस बन्दुकजन्य हिंसामा मारिएका छन् । यो अवधिमा देशभरी करिब ४ सय गोलीबारीका घटना भएका छन् । यो अवधिमा देशका प्रमुख सहरहरुमा हिंसात्मक अपराधमा उल्लेख्य वृद्धि भएको पाइएको गन भायोलेन्स आर्काइभको तथ्यांकलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यो तथ्यांकमा शुक्रबारदेखि आइतबारसम्म ७२ घण्टाको अवधिमा गोलीबारी र बन्दुकजन्य हिंसाका घटना समावेश गरिएको छ र यो अद्यावधिक भइरहेकोले मारिनेको संख्या बढ्न सक्ने सम्भावना छ । न्यूयोर्क सहरमा मात्र शुक्रबारदेखि आइतबारसम्ममा २१ वटा गोलीबारीका घटनामा २६ जना मारिएका छन् । जुलाइ ४ आइतबारका दिन मात्र न्यूयोर्कमा १२ गोलीबारीका घटनामा १३ जना मारिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष न्यूयोर्कमा बन्दुकजन्य हिंसाका घटनामा ४० प्रतिशत वृद्धि भएको छ ।

शिकागोमा यो सप्ताहान्तमा ८३ जनालाई गोली हानिएकोमा १४ जनाको मृत्यु भएको छ । यी गोलीकाण्डमा ५ वर्ष र ६ वर्षका बालिकाहरुलाई समेत गोली हानिएको छ । मारिने १४ जनामा इलिनोइस आर्मी नेशनल गार्डमा सदस्य समेत छन् । गोलीबारीमा शिकागो पुलिसका २ अधिकारी पनि घाइते भएका छन् । यी पुलिस अधिकारी घाइते भएको घटनामा ६० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । एटलान्टामा गल्फ प्रोफेसनल जेने सिलरलाई कन्ट्री क्लवमा गोली हानी मारिएको छ । टेक्सासको फोर्ट वर्थमा आइतबार बिहान भएको गोलीबारीमा ८ जना घाइते भएका छन् । भर्जिनियाको नोर्फोकमा ४ जना बालबालिकालाई गोली हानिएको छ । गोली हानेको आरोपमा १५ वर्षका बालक पक्राउ परेका छन् । ओहियोको टोलेडोमा गोलीबारीमा १७ वर्षका किशोर मारिएका छन् भने ११ जना घाइते भएका छन् ।
ओहियोकै सिनसिनाटीमा भएको गोलीबारीमा २ जना मारिएका छन् र ३ जना घाइते भएका छन् । टेक्सासको ड्यालसमा आइतबार २ छुट्टाछुट्टै गोलीबारीका घटना भएको पुलिसले जनाएको छ । यीमध्येको एक घटनामा ५ जनालाई गोली हानिएकोमा ३ जनाको मृत्यु भएको छ । अर्को घटनामा ६१ वर्षका व्यक्तिको अस्पतालमा मृत्यु भएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार