free website hit counter

८ महिनामा ८२ अर्ब बीमा शुल्क आर्जन हुँदा कसको योगदान कति ?

beemaadmin
२०७७ चैत्र १६, सोमबार

काठमाण्डौ । नेपालको बीमा व्यवसाय अर्थतन्त्रको एउटा मेरुदण्ड बनिसकेको छ । अपार सम्भावना भए पनि अझै व्यवसाय विस्तार हुन सकेको छैन । यही अवस्था बीचमा पनि जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्ममा) ८२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिको तथ्यांकअनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले ८२ अर्ब २० करोड रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ६० अर्ब २२ करोड रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेका थिए। तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा छ। यस अवधिमा नेपाल लाइफले २२ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन रकम गत आर्थिक वर्षको तुलनामा २५.५९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो ८ महिनासम्ममा नेपाल लाइफको बीमाशुल्क आर्जन १८ अर्ब ५ करोड रुपैयाँ थियो।

सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) दोस्रो स्थानमा छ। यो कम्पनीले यस अवधिमा १० अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३९ प्रतिशतले बढी हो।
यसैगरी बीमा शुल्क आर्जन ७ अर्ब ८३ करोड रुपैयाँ गर्दै नेसनल लाइफ तेस्रो स्थानमा र ६ अर्ब ५२ करोड रुपैयाँका साथ राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा छन्।

यसैगरी यस अवधिसम्ममा युनियन लाइफले ४ अर्ब ६७ करोड, एशियन लाइफले ४ अर्ब ०४ करोड रुपैयाँ, मेट लाइफ ३ अर्ब ५१ करोड, सूर्या लाइफ २ अर्ब ९६ करोड, प्राइम लाइफ २ अर्ब ७५ करोड, गुराँस लाइफ २ अर्ब ६८ करोड, सिटिजन लाइफ २ अर्ब ७ करोड, ज्योति लाइफ १ अर्ब ९९ करोड, रिलायबल लाइफ १ अर्ब ७४ करोड, आइएमई लाइफ १ अर्ब ६१ करोड, सन नेपाल लाइफ १ अर्ब ४१ करोड, सानिमा लाइफ १ अर्ब २६ करोड प्रभु लाइफ ९८ करोड र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमा कम्पनीहरुले ८१ लाख ८७ हजार ९६८ वटा बीमालेख जारी गरेका छन्।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार