काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रममा बुधबार ११ सयले घटेको छ । मंगलबार ९० हजार ९ सयमा कारोबार भइरहेको सुन बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ ।
मंगलबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ११ सयले घटेर ८९ हजार ३५० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँ कारोबार भइरहेको छ ।