free website hit counter

अजोड इन्स्योरेन्स पाँचौ वर्षमा

beemaadmin
२०७९ असार २२, बुधबार

काठमाडौं । निर्जिवन बीमा बजारमा आफ्नो गरिमामय उपस्थिति जनाएको अजोड इन्स्योरेन्स कम्पनी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । अजोड सञ्चालको छोटो अवधिमै नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ । कम्पनीलाई स्थापित गर्न अथक परिश्रम गर्ने सम्पुर्ण कर्मचारीहरुलाई कम्पनीले विशेष आभार प्रकट गरेको छ । त्यस्तै समस्त ग्राहकहरुलाई पनि कम्पनीले विशेष आधार प्रकट गरेको छ । कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने नियामक निकाय, संस्थापक तथा शेयरधनी पनि हार्दिक कृतज्ञता प्रकट गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा अझ विश्वसनीय, भरपर्दो, छिटो छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
कम्पनीले आज भन्दा ५ वर्ष अगाडी आजैका दिनदेखि निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । तत्कालिन समयमा सञ्चालन अनुमति पाएका चार कम्पनीहरु मध्ये सर्वाधिक छलाङ मारेको अजोडले पुराना कम्पनीलाई पनि उछिनिसकेको छ । कम्पनीले २०७७ असार मै सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको थियो । स्थापनाको छोटो समयमै सर्वसाधाण शेयर जारी गरेको अजोडले बीमा समिति समक्ष ३० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । ग्राहक वर्गमा छोटो समयमै आफुलाई स्थापित गराउन सफल अजोडले निर्जीवन बीमा व्यवसायमा राम्रो प्रगती गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री छन् । सुरुवाति दिनदेखिनै कम्पनीको नेतृत्व सम्हाल्दै आएका खत्रीले कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सफल भएका छन् ।

विविध कार्यक्रम

वार्षिकोत्सवका अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाताहरुले रक्तदान गरे। सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको टोखा नगरपालिका–९ गोंगबुस्थित हिमालयन वृद्घाश्रममा आश्रित ४३ जना वृद्घवृद्घाहरुका लागि खाद्यान्न सहयोग गरेको छ। कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा वृद्घाश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका थिए।


कार्यक्रममा टोलाका उपप्रमुख मुरारी तामाङ र वडा नंं ९ का वडाअध्यक्ष रामभक्त घिमिरे, आश्रमका अन्य सञ्चालक तथा अजोड इन्स्योरेन्सका कर्मचारीको उपस्थिति थियो। २०७५ असार २१ गतेदेखि आफ्नो व्यावसायिक कारोवार सुरु गरी हालसम्म कम्पनीले बीमा व्यवसाय अभिवृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालय, ११ बीमा काउन्टर र ३ वटा तेस्रो पक्ष बीमा काउन्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ। हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचीकृत छन्।
त्यसैगरी कम्पनीले चालु आवको असार २० सम्ममा १ लाख २२ हजार ९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु। १ अर्ब ५६ करोड आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी संख्या ५ हजार २६ मार्फत कुल दाबी भुक्तानी रकम रु ।७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ। कम्पनीको चुक्तापुँजी रु। १ अर्ब भएको जगेडा तथा कोषमा रु। १३ करोड ९५ लाख र बीमा कोषमा रु। १५ करोड ९२ लाख सञ्चित गरी सम्पूर्ण बीमितको विश्वास जित्न सफल भएको छ।

सम्बन्धित समाचार