free website hit counter

अञ्जु बनिन् हिमालयन एभरेष्टको कामु सिईओ

beemaadmin
२०८१ असार १३, बिहीबार

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् । लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्याएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि विभिन्न पद हुँदै पुनर्बीमा काम गर्दै आएकी थिईन् । सञ्चालक समितिको निर्णय अनुसार अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सिईओ बिजय बहादुर शाहलाई बर्खास्त गरी हाल डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकिएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी डेपुटी सिईओ अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अध्यक्ष श्रेष्ठद्धारा हस्तारित पत्रमा नयाँ सिईओ छनौट कार्य छिट्टै सुरु हुने समेत उल्लेख छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार