free website hit counter

अध्यक्ष मरासिनीले लिए शपथ

beemaadmin
२०७७ फाल्गुन १३, बिहीबार

काठमाडौं । नेपाल बैंकमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका मधु कुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिए ।

Advertisement
Advertisement

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीतिररणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

कार्यक्रममा अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद दिए ।

उनले बैंकको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैंकको व्यवसायिक विकासका लागि बैंकलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैङ्क सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार