free website hit counter

अन्ततः राजीनामाको विकल्प देखेनन् प्रमले

beemaadmin
२०७७ फाल्गुन १२, बुधबार

काठमाडौं । अब पनि बल मिच्याई गर्नु भन्दा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने पक्षमा प्रधानमन्त्री केपी ओली आइपुगेका छन् । आफ्नै पार्टीभित्रका नेता कार्यकर्ताले समेत अब संसदबाट फालिनु अघिनै राजीनामा दिन चर्को दबाव परेको छ । प्रधानमन्त्री ओली राजीनामा गर्न तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका हुन् । दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो, प्रवक्ता ज्ञवालीको भनाई छ ।

सम्बन्धित समाचार