free website hit counter

अन्तिम स्वीकृतिका लागि सूर्या लाइफले डाक्यो विशेष साधारण सभा

beemaadmin
२०७९ श्रावण २, सोमबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा डाकेको छ। इन्स्योरेन्सले साउन १९ गते बिहीबार सो सभा डाकेको हो। सो सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले सूर्या लाइफ इन्स्योरेन्स र ज्याति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सो विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, गाभ्नेरगाभिनेसम्बन्धमा अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ। मर्जर प्रयोजनार्थ इन्स्योरेन्सको शेयर दोस्रो बजारमा असार १३ गतेदेखि रोक्का रहेको छ। यस अनुसार असार १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार