free website hit counter

अप्पर तामाकोशी हाइड्रोपावरको नोक्सानी बढ्यो

beemaadmin
२०८० श्रावण ३१, बुधबार

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नोक्सानी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ थियो। कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो। कम्पनीले २०७८ भदौ २५ गतेदेखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीले नेपाल सरकारको दीर्घकालिन ऋण भुक्तानी गर्न ३० वटा किस्ताको १५ वर्षे योजना बनाएको छ। सोही अनुसार कम्पनीले गत चैत मसान्तसम्ममा नेपाल सरकारको दुई तथा अन्य संस्थाहरुको ५ कित्ता सावाँ तथा ब्याज भुक्तानी गरेको छ। जसका कारण कम्पनीको वित्तीय खर्च बढ्न पुगेको हो। समयमा निर्माण सम्पन्न नभएकोले आयोजनाको लागत वृद्धि भएकोले ह्रासकट्टि खर्च तथा ब्याज खर्च अत्याधिक वृद्धि भएको छ। तर सो अनुरुप विद्युत उत्पादन बढ्न नसकेकोले र बजारमा ब्याजदर घट्न नसकेको हुँदा गत आर्थिक वर्षका साथै आउँदो केही आर्थिक वर्षहरुमा समेत कम्पनीको नाफामा असर गर्ने अवस्था देखिएको कम्पनीले जनाएको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७ अर्ब ११ करोड ६७ लाख रुपैयाँ कमाएको थियो। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३४ रुपैयाँ ६७ पैसा रहेको छ। १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य रिटेन्ड अर्निङ्ग ६ अर्ब ९१ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार