free website hit counter

अब काठमाडौँबाट आउन जान पाइँदैन पास (सूचनासहित)

beemaadmin
२०७७ भाद्र २५, बिहीबार

काठमाडौं । २१ दिन लामो निषेधाज्ञा खुकुलो बनाएका काठमाडौं उपत्यकाका तीन जिल्लाप्रशासन कार्यालय उपत्यका बाहिर जान र आउनका लागि भने थप कडाई गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको हो ।

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै अत्यावाश्यक कामका लागि भने तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाएको छ ।

सबै कागजात पुरा गरेपछि व्यक्ति स्वयम् सिफारिसका लागि उपस्थित हुनुपर्ने पनि प्रशासनले जनाएको छ । साथै तोकिएका अत्यावाश्यक कार्यबाहेक काठमाडौँ जिल्ला बाहिर आवतजावत गर्न सवारी सहजीकरण नगरिने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार