free website hit counter

अब दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरूको बर्गीकरण

beemaadmin
२०७८ आश्विन २५, सोमबार

काठमाडौं । अब नियामक निकाय बीमा समितिले दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरुको वर्गीकरण गर्ने भएकोछ । नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरूको बर्गीकरण गर्न शुरू गरिने बताउँदै बीमा कम्पनीहरूबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासा बाहिर आएको पनि बताएका छन् ।

अध्यक्ष सिलवालले आम जनतामा बीमाप्रतिको विश्वास कायम राख्न समेत बीमा कम्पनीहरू कानूनको मार्गदर्शन अनुसार चल्नुपर्ने बताए । बीमा कम्पनीहरूले बीमितसँग सम्झौता गरेर बीमा गरेपछि बीमा दाबी भुक्तानी दिनैपर्छ उनले भने ‘बीमा कम्पनीहरू ठीक ट्रयाकमा नगए कारवाही गर्छौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले बीमा गर्न चाहनेको वित्तीय अवस्था र स्वास्थ्य स्थितिका बारेमा राम्रो जानकारी लिएर बीमा गरेमा दाबी भुक्तानीमा समस्या नहुने बताएका छन् । फाइल तस्बिर

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार