free website hit counter

अब बीमाका कर्मचारी आधा घरमा आधा अफिसमा

beemaadmin
२०७७ श्रावण २८, बुधबार

काठमाडौं । सरकारले सकेसम्म घरैबाट काम गर्नुपर्ने अवस्था आएको भन्दै सचेत गराएपछि बीमा कम्पनीहरुले अब ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउने भएका छन् । बाँकी ५० प्रतिशत कर्मचारीहरुले भने घरैबाट (वर्क फ्रम होम) काम गर्नु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका थप बढे पछि मन्त्रिपरिषद् बैठकले नै आधा कर्मचारी राखेर मात्रै कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेको थियो । सरकारले गरेको निर्णय कार्यान्वयनका लागि बीमा समितिले बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिने भएको हो ।

मन्त्रिपरिष्दको यो निर्णयलाई बीमा समितिले पनि पालना गर्ने भएको छ । समिति अध्यक्ष चिरञ्जीवि चापागाईंले ५० प्रतिशतमात्रै कर्मचारी राखेर काम गराउने निर्णय भइसकेकाले आजै समितिले निर्देशन जारी गर्ने बताएका छन् । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि पनि अब जोरविजोर प्रणाली लागू हुने भएको छ । बैंक तथा बीमा क्षेत्रलाई सरकारले अत्यावश्यक सेवा क्षेत्रको रुपमा राखेको छ । अत्यावश्यक क्षेत्रलाई जोरविजोर प्रणाली लागू नहुने भनिए पनि प्रहरीले भने पास माग्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई बाटोमा रोक्ने गरेको थियो । अब ५० प्रतिशतमात्रै कर्मचारी राखेर कार्यालय सञ्चालन हुने र जोर विजोरको नियम पनि पालना गर्नुपर्ने अध्यक्ष चापागाईंले बताएका छन् ।

सम्बन्धित समाचार