free website hit counter

अभिकर्ताको तालिम तसञ्चालन गर्दै सानिमा जीआईसी

beemaadmin
२०८१ कार्तिक २७, मंगलवार

काठमाडौं । सानिम जीआईसी इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आउँदो मंसिर ९ गतेदेखि मंसिर ११ गतेसम्म आधारभूत तालिम सञ्चालन गर्न लागिएको जानकारी गराएको हो। तालिम कम्पनीको केन्द्रीय कार्यालय अथवा जुगल मिटमार्फत बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म हुनेछ। तालिमपश्चात परीक्षा भने मंसिर १२ गते हुनेछ। परीक्षा बिहान ११ बजेबाट हुनेछ। तालिममा शैक्षिक योग्यता पुगेका व्यक्ति तथा संस्था सहभागी हुन पाउनेछन्। तालिममा सहभागी हुन मंसिर ७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय वा प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। बीमा अभिकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार