free website hit counter

अमेरिकी अर्थतन्त्रका यो साता सुनको मुल्य घट्यो

beemaadmin
२०८० फाल्गुन ५, शनिबार

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । यद्धपी साताभरमा सुन तोलामा ९०० रूपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार, प्रतितोला एक लाख १८ हजार रुपैयाँ तोकिएको थियो । सुनको मुल्य साताको तेस्रो दिन १ लाख १७ हजार ७०० रूपैयाँमा झरेको थियो । त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार सुनको भाउ फेरि उकालो लागेर तोला कै एक लाख १७ हजार १०० रूपैयाँ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रतितोला ९०० रुपैयाँले कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता नेपाली बजारमा चाँदीको मुल्य भने बढेको छ । आइतबार प्रतितोला एक हजार ३९० रुपैयाँ रहेको चाँदीको मुल्य फागुनको पहिलो दिन बढेर एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, फागुनको दोस्रो दिन चाँदीको भाउ सामान्य घटेर प्रतितोला एक हजार ३६५ रूपैयाँमा झरेको थियो । अन्तिम कारोबार भएको दिन शुक्रबारसम्म बढेर चाँदी प्रतितोला एक हजार ४१० रूपैयाँ तोकियो । यसरी यस साता चाँदी प्रतितोला २० रूपैयाँले महंगिएको छ । यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मुल्यमा सामान्य कमी आएको बिश्लेषकहरुको आँकलन छ । विश्व बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट देखियो । यस दिन सुन प्रति अउन्स २ हजार डलर बराबरमा कारोबार भइरहेको छ । शुक्रबारको कारोबारमा करिब ३ डलरले सुन सस्तिएको देखिएको हो ।

सम्बन्धित समाचार