free website hit counter

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ कार्तिक २२, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा यूरो र पाउण्डको भाउ भने ह्वात्तै घटेको छ । बिहीबार युरोपियन यूरोको एकको खरिदर १४४.२१ रुपैयाँ र बिक्रीदर १४४.८६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.२० रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.४८ रुपैयाँ र बिक्रीदर १५४.१६रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ तोकेको छ । यसअघि हिजो युरोपियन यूरोको एकको खरिदर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.८२ रुपैयाँ र बिक्रीदर १५६.५२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ तोकेको थियो ।

सम्बन्धित समाचार